अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक « Khabarhub

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । 

अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । 

थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको गौतमले बताउनुभयो । 

   हाल दैनिकरूपमा ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । नेपालमा पहिलो पटक आएको र हिमशृङ्खलाको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफूहरू निकै खुसी भएको पर्यटक बताउँछन् । 

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएका बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउने गरेको पाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : ४१ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर