गठबन्धनलाई ‘त्रास’ « Khabarhub

गठबन्धनलाई ‘त्रास’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न स्थानीय निर्वाचनको तयारी जोडतोडले बढ्दो छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

गठबन्धनको उम्मेदवारहरुलाई विजयी गराउन यतिबेला केन्द्रीय नेताहरुको पनि दौडधुप छ।उनीहरु गठबन्धन अन्तर्गतका उम्मेदवारहरुलाई मत लागिरहेका छन् । अहिले स्थानीय निर्वाचननै गठबन्धन भर्सेस नेकपा एमाले भएको छ । एउटा दलसँग स्थानीय तहमा भिडिरहेका गठबन्धनलाई उत्ति सजिलो भने छैन ।

मतदाता शिक्षाको अभावमा गठबन्धनको नतिजा के निस्किने हो ? यो नेताहरुले समेत ढुक्क भएर भन्न सकेको छैनन् । गठबन्धनका एक उम्मेदवारले मतदातालाई भोट हाल्ने तरिका सक्दो सिकाइरहेको बताइन् । उनले नाम नखुलाउने शर्तमा भनिन् ,’हामीले गठबन्धनबाट उम्मेदवारी त दिएका छौँ । तर, भोटरले मेयरमा एउटा दल , उपमेयरमा अर्को दल , वडा अध्यक्षमा अर्को दललाई मत हाल्न सक्लान् ? यो जिज्ञासा हामीलाई छ ।’  उनले वडामा गठबन्धन अन्तर्गत टिकेट पाउने दलले आफ्नो भोट नबिग्रियोस् भनेर एकै छापमा पनि लगाउनु भनेको हुन् सक्ने आशंका व्यक्त गरिन् ।

‘वडामा अध्यक्षको टिकेट पाएका दलले भोट हाल्न अलमल हुनेलाई आफ्नो चुनाव चिन्ह अनुसार नै मत हाल्नु समेत भनिरहेका छन् भन्ने सुनिन्छ । उनीहरुले पहिला आफ्नो जीत  सुनिश्चित बनाउन खोजिरहेका छन्’ एक उम्मेदवारले भने । उनले सात छाप गठबन्धनमा लगाउन भोटरलाई शिक्षानै दिनु पर्ने देख्छन् । ‘हामीले चुनावी तालमेल त गरेका छौँ । तर , त्यो भोट हाल्ने शिक्षा राम्रोसँग दिन नसक्ने हो भने जितमा सहज हुन्न’ उनले भने ।

वडा अध्यक्षमा गठबन्धन अन्तर्गत उठेका एक उम्मेदवारले आफ्नो वडामा सबैलाई शिक्षा दिएको बताए । ‘हामीले सात छाप कहाँ कहाँ लगाउने भनेर शिक्षा दिई समेत रहेका छौँ । यद्यपि नजान्नेले वडामै भएको दलअनुसार मत नहाल्ने भन्न सकिन्न’ उनले भने । नेकपा एमाले अन्तर्गतका उम्मेदवारले आधिकांश स्थानीय तहमा एकल उम्मेदवारी दिएका छन् । उनीहरूले त्यही अनुसार भोट समेत मागिरहेका छन् ।

गठबन्धनमा भोटर भोट हाल्न नजाने आफ्नो दललाई नै भोट हाल्नु भनेर भनेको हुन् सक्ने सम्भावनालाई एक नेताले नकारेनन् । उनले भने ,’गठबन्धन अनुसार नै मत हाल्न नमुना मत पत्र मार्फत सिकाइएको छ । कहिँ मतदाताको साक्षरता कम हुँदा वडा अध्यक्षको उम्मेदवार भएको दलले आफ्नो चिन्ह अनुसारनै भोट हाल्नु पनि भनेको हुन् सक्छन् । यद्यपि त्यो संख्या निकै न्यून छ’ ती नेताले भने ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको रिजल्ट कस्तो आउँला त्यो अहिले भन सक्ने अवस्था भने छैन । यद्यपि दलहरू ढुक्क पनि हुन् सकेका छैनन् । त्यसैले गठबन्धन नै भएपनि काठमाडौं, पोखरा , भरतपुर , विराटनगर जस्ता महानगरपालिकामा नेताहरुको दौडधुप बढ्दो छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : २२ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग