हरेक दुःख सुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ « Khabarhub

हरेक दुःख सुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तनहुँको भानु नगरपालिका–१० कोटसभामा आज आयोजित चुनावी सभामा श्रममन्त्री श्रेष्ठले आफू जनताकै प्रतिनिधि भएकाले जनताको दुःख, सुख र पीरमर्कामा आफू सदैव जनताकै पक्षमा रहने विश्वास दिलाए ।

श्रममन्त्री श्रेष्ठले जनताकै माया र समर्थनले प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसम्म बनेको उल्लेख गर्दै भने , ‘मन्त्री भएर तनहुँको इज्जत राख्ने काम गरेको छु ।’ मन्त्री श्रेष्ठले जिल्लाको विकासमा कसैलाई पनि भेदभाव नगरी काम गरेको बताए । मन्त्री श्रेष्ठले भानुका खानेपानी, सडक, पूर्वाधार निर्माणका लागि कामहरू भएको बताए । 

सानासाना विकासका योजना वडा र नगरपालिकाले गर्नुपर्ने र ठूला तथा दीर्घकालीन योजनालाई सङ्घीय सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको भन्दै मन्त्री श्रेष्ठले देश विकास र समृद्धिका लागि कलम चिह्नमा मतदान गर्न आग्रह गरे । 

कार्यक्रममा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखका उम्मेदवार श्रीराम पौडेलले समृद्ध भानु, खुसी भानुवासी बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा होमिएको बताए ।

नगरवासीलाई सीपयुक्त बनाउन हरेक वडामा सीप केन्द्र स्थापना गर्ने योजना लिएको पौडेलले बताए । 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : १५ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर