उम्मेदवारसँग जनताको माग : बिजुली र ग्रामीण सडक  « Khabarhub

उम्मेदवारसँग जनताको माग : बिजुली र ग्रामीण सडक 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर जनताको घरदैलोमा भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारसँग यहाँका ग्रामीण भेगका अधिकांश जनताले ग्रामीण सडक व्यवस्थापन र टोलटोल तथा घरघरमा बिजुली व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका वडा नं ३ सातदोबाटे साँझखर्कका ६५ वर्षीय स्थानीय सोनाम शेर्पा यसपटकको स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवारले आफ्नो गाउँमा बिजुली ल्याउने प्रतिबद्धता गर्दछ, उसैलाई मात्र भोट दिने बताए ।

यसभन्दा अगाडिको निर्वाचनमा विजय भएर गाउँपालिकाको प्रतिनिधि बनेका राजनीतिक दलका जनप्रतिनिधिले आफूहरूको गाउँ र घरघरमा बिजुली ल्याइदिने तथा गाउँ नै झलमल्ल बनाइदिने भने पनि उनीहरूले प्रतिबद्धता पूरा नगरेका कारण आफूले यसपटक जसले आफ्नो गाउँको माग पूरा गर्ने प्रतिबद्धता गर्दछ, यस्ता उम्मेदवारलाई मात्र मतदान गर्ने उनले बताए ।

लिम्चुङबुङ ताम्लीछाका जुद्धमान राईका अनुसार अहिलेसम्म पनि गाउँमा बिजुली छैन । ग्रामीण सडक व्यवस्थापन भएको छैन । “वर्षायाममा सडक सञ्चालन नहुँदा गाउँले हिँडेर दिनभर लगाएर अन्यत्र जान र आउन बाध्य छौँ, यसपटकको निर्वाचनमा गाउँमा बिजुली ल्याउन प्रतिबद्धता नगर्ने नेता र सडक व्यवस्थापन नगर्ने नेता उम्मेदवारलाई भोट नदिने धारणा हाम्रो हो”, उनले भने ।

रौतामाई गाउँपालिका–४ आपटार कालीमाटीका होमबहादुर कटुवाल पनि यसपटकको स्थानीय तहको निर्वाचनमा गाउँमा बिजुली ल्याउन पहल नगर्ने उम्मेदवारलाई भोट नदिने बताए । अन्यत्र सबैतिर बिजुली आइसकेकाबेला आफूहरू गाउँघरमा अहिलेसम्म पनि अँधेरोमा नै बस्न बाध्य हुन परेकाले यसपटकको निर्वाचनमा गाउँमा एक वर्षभित्र बिजुली जसले ल्याउने प्रतिबद्धता गर्दछ, यसैलाई भोट दिने कटुवाल बताए ।

गढी गाउँपालिका–३ डुम्म्रेका सोमबहादुर घले पनि यसपटकको निर्वाचनमा गाउँमा सडक व्यवस्थापन र बिजुली व्यवस्थापन गर्नसक्ने तथा व्यवस्थापनको प्रतिबद्धता गर्ने नेता वा उम्मेदवारलाई मात्र भोट दिने बताए ।

वर्षायाममा ग्रामीण सडक बन्द हुँदा आफूहरूले विभिन्न दैनिक उपभोग्य वस्तु आयात गर्नसमेत कष्ट भोग्न पर्ने हुनाले ग्रामीण सडक ग्राभेलिङ भएमात्र भए पनि गाउँको ठूलो समस्या समाधान हुने हुनाले निर्वाचनमा उठ्ने नेताले आफूहरूको समस्या समाधान गर्ने प्रतिबद्धता गर्नुपर्ने डुम्रेका जनताले बताए ।

यसपटकको निर्वाचनमा स्थानीय तहका पालिकामा उम्मेदवार बनेका राजनीतिक दल आबद्ध उम्मेदवारसँग जिल्लाका पहाडी गाउँपालिकाका अधिकांश जनताले गाउँ र टोल तथा घरघरमा बिजुली र ग्रामीण सडक व्यवस्थापन हुनपर्ने मागलाई जोड दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ३८ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ