दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ « Khabarhub

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सि १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एकएक वटा पेस्तोल बरामद भएको हो ।

पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेको सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले जानकारी दिए। पक्राउ परेकाको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली र कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली बरामद गरिएको उनले बताए । 

यसरी पक्राउ परेका यादव र सिंहलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरौनगढमा बुझाइएको मगरले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ४३ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान