मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन « Khabarhub

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा आज आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे। उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे ।

उनले भने, ‘पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।’ लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहमता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एकचोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे । उनले अबको आफ्नो जिन्दगी इमान्दारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित लागिपर्ने बताए। पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।

राप्रपाकी नेत्री रेखा थापाले सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताइन् । राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरको प्रमुखको उम्मेदवार बनेका शङ्कर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचार मुक्त बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गरिन् ।

त्यसैगरी उपप्रमुखमा रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर  जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राप्रपा युवा संगठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा चुनावी आमसभामा करिब ७०० जना युवाहरू पार्टी प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ४७ बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर