अफगानिस्तानका सडकमा भिखारीको संख्या बढ्दै  « Khabarhub

अफगानिस्तानका सडकमा भिखारीको संख्या बढ्दै 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा गरिबी बढ्दै गएपछि राजधानी काबुलमा सडकमै बस्ने मानिसहरूको संख्या बढ्न थालेको छ । मुलुकमा बढ्दो गरिबी र बेरोजगारीका कारण जीवन काट्न भिख माग्ने र निकृष्ट श्रम गर्न बाध्य मानिसहरूको संख्या बढ्न थालेको हो ।

सडकमा मानिसहरूको संख्या बढ्न थालेपछि अफगानिस्तानको शासन चलाइरहेको वर्तमान तालिबान सरकारका प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले यसबारे जाँचबुझका लागि निर्देशन समेत दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबारे तालिबानको श्रम तथा सामाजिक मामिला मन्त्रालय तथा अन्तर्राष्ट्रिय रेड क्रस समिति आईसीआरसीलाई जाँचबुझको जिम्मा दिइएको जनाइएको छ ।

सडकमा भिख मागिरहेका एकजना बालकले टोलो समाचार च्यानललाई भने, ‘हाम्रो घरमा केही छैन, जब म मागेर पैसा बटुल्छु, मैले परिवारलाई रोटीको टुक्रा किनिदिन्छु । मेरा दिदीबहिनी भोकै छन् ।’

पछिल्लो समय अफगानिस्तानमा भोकमरी, गरिबी, बेरोजगारी जस्ता मानवीय संकट बढ्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : २४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको