अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह « Khabarhub

अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यसरी झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३ह३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न प्रयोग गर्न आयोगले भनेको छ ।

दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था रहेको हुँदा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने आयोगको ठहर छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ५६ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर