म्याग्दी जिससको निर्वाचन असार ५ मा तोकियो « Khabarhub

म्याग्दी जिससको निर्वाचन असार ५ मा तोकियो


२४ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो ।

जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गर्ने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरीउपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका हुन् ।

यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्तासँगै उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको छ । २ गते उम्मेदवारउपर उजुरी, सोही दिन जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसँगै उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

छ स्थानीय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सङ्ख्याअनुसार जिससमा नेकपा (एमाले)को बहुमत देखिएको छ । निर्वाचन कार्यविधिअनुसार छ स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता गर्नेछन् । जिल्ला समन्वय समितिका लागि १२ मतमध्ये सात मत एमालेको रहेको छ भने गठबन्धनतर्फ कांग्रेसको तीन मत र माओवादी केन्द्रको दुई मत रहेको छ ।

जिसस प्रमुखका लागि एमालेतर्फबाट पार्टीका जिल्ला सहसचिव एवं बेनी नगरपालिका वडा नं १ वडा सदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : ५९ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई