म्याग्दी जिससको निर्वाचन असार ५ मा तोकियो « Khabarhub

म्याग्दी जिससको निर्वाचन असार ५ मा तोकियो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो ।

जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गर्ने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरीउपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका हुन् ।

यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्तासँगै उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको छ । २ गते उम्मेदवारउपर उजुरी, सोही दिन जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसँगै उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

छ स्थानीय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सङ्ख्याअनुसार जिससमा नेकपा (एमाले)को बहुमत देखिएको छ । निर्वाचन कार्यविधिअनुसार छ स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता गर्नेछन् । जिल्ला समन्वय समितिका लागि १२ मतमध्ये सात मत एमालेको रहेको छ भने गठबन्धनतर्फ कांग्रेसको तीन मत र माओवादी केन्द्रको दुई मत रहेको छ ।

जिसस प्रमुखका लागि एमालेतर्फबाट पार्टीका जिल्ला सहसचिव एवं बेनी नगरपालिका वडा नं १ वडा सदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : ५९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था