बाघको आक्रमणबाट बच्न प्रदर्शनमा उत्रिएका स्थानीयको प्रहरीको गोली लागेर मृत्यु « Khabarhub

बाघको आक्रमणबाट बच्न प्रदर्शनमा उत्रिएका स्थानीयको प्रहरीको गोली लागेर मृत्यु


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। सोमबार बिहान आक्रमण गर्न खोजेको बाघलाई होहल्ला गरेर बचेका स्थानीयमध्ये एक जनाकफ प्रहरीको गोली लागेर मृत्यु भएको हो । बाघको आक्रमणबाट घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।

स्थानीयले बाटो अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : ४८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको