काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटरभन्दा कम जग्गाको खण्डीकरण गर्न नपाइने « Khabarhub

काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटरभन्दा कम जग्गाको खण्डीकरण गर्न नपाइने


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न नपाइने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न नपाइने भएको हो । सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्नेबित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको हो । 

जग्गा कारोबारीले जस्तासुकै जग्गा पनि कागज मिलाएर खण्डीकरण गर्ने, अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएपछि मन्त्रालयले उक्त निर्णय गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ व्यवस्था लागू भएपछि काठमाडौँ उपत्यकाभित्र अत्यधिक मात्रामा बढ्दै गएको जग्गाको खण्डीकरण रोकिनेछ । काठमाडौँ उपत्यका, तराई र भित्री मधेस बाहेकका भूभागमा भने एक हजार वर्ग मिटरभन्दा कमका जग्गा प्लटिङ गर्न पाइने छैन।

आवासीय क्षेत्रका रुपमा वर्गीकरण गरिएको जग्गाको हकमा पनि नियमावलीमा अर्को व्यवस्था गरिएको छ। 

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : १६ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन