एक्कासी क्रुद्ध बनेका रुसी राजदूत राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक कक्षबाट बाहिरिएपछि… « Khabarhub

एक्कासी क्रुद्ध बनेका रुसी राजदूत राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक कक्षबाट बाहिरिएपछि…


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि क्रोधित हुँदै सुरक्षा परिषद्को बैठकबाट एक्कासी बाहिरिएका छन् । १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले विश्व खाद्य संकटलाई युक्रेनमाथि रुसी आक्रमणले अझ बढाएको आरोप लगाएपछि रुसी प्रतिनिधि भासिली नेबेन्जिया बैठकबाट एक्कासी बाहिरिएका थिए ।

बैठकका क्रममा माइकलले रुसी फौजले युक्रेनमा युद्ध अपराध एवम् मानवताविरोधी अपराध गरेको समेत आरोप लगाएका थिए । खासगरी रुसी फौजले यौन दुव्र्यवहारलाई हतियार बनाएको माइकलको आरोप थियो ।

यसअघि बैठकका क्रममा रुसी प्रतिनिधिले आफ्नो सम्बोधनका क्रममा रुसी सैनिकले यौन हिंसा गरेको आरोपलाई ‘बुँदागत रुपमा’ खण्डन गरेका थिए । रुसी सैनिकमाथि लगाइएका यस्ता आरोप ‘झुट’ रहेको उल्लेख गरेका थिए ।

सुरक्षा परिषद् कक्षबाट बाहिरिने क्रममा नेबेन्जियाले रोयटर्सलाई भने, ‘माइकल झुटहरु बाँड्न यहाँ आएकाले म यहाँ बस्न सक्दिनँ ।’
नेबेन्जिया बाहिरिने क्रममा माइकलले भनेका थिए, ‘तपाईले कक्ष छाड्न सक्नुहुन्छ सायद सत्य सुन्नुभन्दा त्यो निकै सजिलो कुरा हो ।’

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर खाद्यान्न, अन्न, तेलहन र मलको मूल्यमा वृद्धि भएको छ भने विभिन्न मुलुकहरुमा खाद्य संकट समेत देखिन थालेको बताइएको छ ।

रोयटर्सका अनुसार रुस र युक्रेनबाट विश्वमा झण्डै एक तिहाइ गहुँ निर्यात हुन्छ । यसबाहेक रुस विश्व बजारमा मलखादको महत्वपूर्ण आपूर्तिकर्ता र युक्रेन सूर्यमुखी तेल र अन्नको महत्वपूर्ण निर्यातक रहेको जनाइएको छ ।

‘रुसी महासंघका माननीय राजदूत, इमान्दा बनौँ, विकासशील मुलुकहरुविरुद्ध क्रमेलिनले खाद्यान्नको आपूर्तिलाई अदृश्य क्षेप्यास्त्रको रुपमा प्रयोग गरिरहेको छ ।’ माइकलले सुरक्षा परिषद्को बैठकमा उल्लेख गरेका थिए, ‘यो खाद्य संकटका लागि रुसमात्र जिम्मेवार छ ।’

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ५ : ४५ बजे

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल