यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णय | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णय


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी गृहमन्त्री बालकृष्ण खाणले आज सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ ।

‘सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ,’ गृहमन्त्री खाणले भने । मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : १५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित