बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी रहेकी छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनले २०७६ फागुन ६ गते  उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँबस्तीबाट पक्राउ गरेको हो । 

उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो । उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।  

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : ४४ बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त