सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको पत्रकार सम्मेलन : मलाई अनावश्यक रुपमा मुछियो | Khabarhub Khabarhub

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको पत्रकार सम्मेलन : मलाई अनावश्यक रुपमा मुछियो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रण लगाएतका विषयमा आफूलाई अनावश्यक रुपमा मुछिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इम्बोस्ड नम्बरका बिषयमा आफूले डिजाईन मात्र गरेको र सार्वजनिक ऐन बमोजिम नै यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढाएको दावी गरे । सो क्रममा टेन्डर गर्दा तीनवटा मध्ये सबैभन्दा सस्तोलाई जिम्मा दिईएको उनले बताए ।

उनले पछिल्लो ५-६ वर्ष यता विभागमा गएर कुनै काम नगरेको तर्क गरे । उनले एमआरपी पासपोर्टमा काम गरेको र अहिलेको इ-पासपोर्टमा कुनै सहभागीता नरहेको बताए । एमआरपी पासपोर्ट अघि बढाउदा पनि निकै सस्तोमा नेपाल भित्राईएको उनले दावी गरे ।

त्यस्तै सेक्युरिटी प्रिन्टीङ प्रेसलाई अघि बढाउनका लागि बनेपामा दुई वटा मेशिन भित्राईएको र आइआरडीको स्टीकर छाप्ने तयारी भइरहेको बताए । उनले यो ३३ अर्वको प्रोजेक्ट भएको र सरकारले अहिलेसम्म निकास नगरेको प्रष्ट पारे । उनले आफु सुरक्षण मुद्रण केन्द्रमा खुल्ला प्रतिष्पर्धाबाट आएको भन्दै अहिले पनि सरकारले कानूनबमोजिम नै आफूलाई नियुक्ती गरेको दावी गरे ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : २० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित