प्रचण्डले आज पदाधिकारी र स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्ने | Khabarhub Khabarhub

प्रचण्डले आज पदाधिकारी र स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्ने


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने बताइएको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित स्थायी कमिटीका सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको बसेको पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

आज १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम बैठकले अनुमति दिने नेताहरुको दाबी छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रही केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि छ।

गत पुसमा महाधिवेशन गरेको माओवादीले ६ महिना हुँदा पनि पदाधिकारीसहित स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न सकेको छैन।

माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार सुरु भएको हो।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : ०५ बजे

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन