यातायात व्यवस्था कार्यालयमा प्रदेश मन्त्रीको छड्के जाँच « Khabarhub

यातायात व्यवस्था कार्यालयमा प्रदेश मन्त्रीको छड्के जाँच


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन्।

उनले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन् । त्यति बेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी पोसाक तथा परिचय पत्र नलगाएर आएको पाइएको मन्त्री रोकायाले जानकारी दिए।

यातायातमा पुगेका मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नु परेका समस्याबारे जानकारी लिए। सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्न कानुनी रूपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उनी कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरे ।

मन्त्री रोकायाले सेवाग्राहीको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिए । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको जनाउँदै उनले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्राहीको चाप अत्यधिक हुने गरेको तर आफूहरूले सकेसम्म छिटोछरितो ढङ्गको सेवा दिने प्रयास गरेको बताए। कार्यालयभित्र दलालहरूलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी गराएका थिए । मन्त्री रोकायाले टीकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीलाई सुझाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : १३ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी