एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् : देव गुरुङ « Khabarhub

 एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् : देव गुरुङ


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अविलम्ब पठाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाउन माग गरेका हुन् ।

सरकारले एसपीपीमा सहभागी नहुने भन्दै पत्राचार गर्ने निर्णय गरे पनि हालसम्म पत्र नपठाइएको भन्दै उनले अविलम्ब अमेरिकालाई पत्राचार गरेर नेपाल एसपीपीमा सहभागी नहुने जानकारी गराउन माग गरेका हुन् ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने र अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर, १९ असारमा परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरिएको र तयारी भने भइरहेको जनाएको थियो ।

यसपश्चात् बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले एसपीपीमा सहभागी नहुने अविलम्ब अमेरिकालाई पत्र पठाउन माग गरेका हुन् ।

‘सरकारले गरेको एसपीपी सम्झौता नगर्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस्,’ गुरुङले भने, ‘आइपीएसको सदस्य पनि नेपाल बन्न सक्दैन । यसबारे पनि पत्राचार गरियोस् ।

एमसीसी अनुमोदन गर्ने क्रममा संसद्ले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगरेको भनिएको विषयलाई पनि प्रष्ट्याउन उनले माग गरे ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै