सीमाक्षेत्रमा अपराध तथा तस्करी नियन्त्रण गर्नेबारे नेपाल र भारतका अधिकारीबीच छलफल « Khabarhub

सीमाक्षेत्रमा अपराध तथा तस्करी नियन्त्रण गर्नेबारे नेपाल र भारतका अधिकारीबीच छलफल


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् ।

शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा  सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागूऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरुको पुनर्निर्माण गर्ने विषयमा  छलफल भएको छ । बैठकमा सहभागी धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार वर्षायाममा बाढीले सीमा वरिपरिका गाउँहरुमा हुने क्षतिको विषयमा बैठकमा छलफल भएको थियो।

‘कुनै खास विषयमा होइन, बैठक नियमित हो’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘सीमावर्ती क्षेत्रको शान्ति सुरक्षा, तस्करी, लागु औषध जस्ता विकृत दुवै देशको हित विपरीत रहेकोले यी समस्यालाई थप नियन्त्रण कसरी गर्ने विषयमा पुनः छलफल भएको हो ।’

बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए ।

बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो । त्यसैगरी, भारतीय पक्षबाट मधुबन्नी जिल्लाका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ५९ बजे

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे