राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको स्वास्थ्यअवस्थाबारे राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेकी हुन्।

राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरे।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १२ : ०६ बजे

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक