राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गरियोस् : मीन विश्वकर्मा « Khabarhub

राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गरियोस् : मीन विश्वकर्मा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले विकृति र विसङ्गतिको चाङमा उभिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई निलम्बन गरिएको भन्दै उनीविरुद्धको महाअभियोग प्रस्ताव पास गरियोस् भन्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

न्यायपालिकामा सर्वोच्च पद प्रधानन्यायाधीशले आफ्नो पद अनुकूल आचरण गर्न नसकेको, कार्य सम्पादन गर्न नसकेको, विवादित फैसलाहरू गरेको, अन्यायपूर्ण फैसलाहरू नगरेको, बिचौलियाहरूको प्रयोग गरेर मुद्दाहरूलाई प्रभावित गरेको जस्ता विषयहरू उठाएर संसद्‌ले भन्दा पनि सडकबाट, अधिवक्ताहरू, कानुनविद्हरू, कानुन व्यवसायीहरू, न्यायपालिकाकै न्यायाधीशहरू, सबै तहका न्यायाधीशहरू, पूर्व प्रधानन्यायाधीशहरु, कानुन व्यवसायीले प्रश्न उठाएका उनले स्मरण गराए।

‘यसमा आवाज उठ्ने गर्थे- राजनीतिक दलहरू खोइ? नेताहरू खोइ? सांसदहरू खोइ? संसद् खोइ? सभामुख खोइ? मानिसहरू न्याय पाउन नसकेर अलमलिइरहेका थिए। न्याय माग्न जानेहरू बाटैबाट फर्किन्थे। राम शाह पथ क्षेत्रमा कहीँ पनि मुद्दा बोकेका वकिलहरू होस् वा न्याय माग्न जाने नागरिकहरू प्रवेश गर्न सक्दैनथे’, उनले भने।

विश्वकर्माले महाअभियोगको विषयलाई संसद्ले चाँडै सम्बोधन गरेर टुङ्ग्याउनुपर्ने बताए। ‘यो महाभियोग प्रस्ताव संविधान अनुसार, प्रतिनिधि सभाको नियमावली अनुसार यो दर्ता भएको छ। विलम्ब भयो, आज हामीसँग यही गुनासो छ। विलम्ब भएको हामीलाई पनि लागेको छ, विलम्बको कारण के हो ? ९ महिनासम्म संसद् सुचारु गर्न सकेनौँ। ‘, उनले भने।

उनले विलम्ब भए पनि यसबीचमा संसद् अवरोध भएको, निर्वाचनमा जानुपरेको र राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको बताए।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ५७ बजे

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा