विभिन्न देशको मुद्रासहित एक भारतीय नागरिक पक्राउ  « Khabarhub

विभिन्न देशको मुद्रासहित एक भारतीय नागरिक पक्राउ 


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न देशको मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेका छन् ।

उनलाई विभिन्न देशको मुद्रा अवैधरुपमा लुकाई छिपाई अन्य मुलुकमा लैजान लागेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन