प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर « Khabarhub

प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर

सरकारमा जाने र कार्यकर्तामाथि लागेका मुद्दा फिर्ताबारे छलफल हुने


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।

लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् ।

आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटक पटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ३७ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु