लमजुङमा १ वर्षमा ६८८ उद्योग थपिए « Khabarhub

लमजुङमा १ वर्षमा ६८८ उद्योग थपिए


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् ।

कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावार सम्बन्धी छन् । कृषि तथा वन पैदावार उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सोबाहेक १४८ सेवामूलक, ४० वटा उत्पादनमूलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामूलक उद्योग दर्ताबाट एक लाख ७१ हजार ५००, उत्पादनमूलक उद्योग दर्ताबाट ५४ हजार ५०० र पर्यटन उद्योग दर्ताबाट ३३ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् ।

यस्तै चार वटा निर्माणमा उद्योग दर्ता भएका छन् । सोबाट १० हजार ६०० राजस्व संकलन भएको छ । विभिन्न प्रकृतिका उद्योगमध्ये यसवर्ष ऊर्जामूलक, खनिज जन्य र विज्ञान तथा सुचना प्रविधिसम्बन्धी कनै पनि उद्योग दर्ता भएका छैनन् ।

गत आर्थिक वर्ष उद्योग दर्ताबाट मात्र १५ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ ।

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार २९७ पुरुष गरी दुई हजार ३८१  जनाले रोजगार पाएको तथा रोजगारीमा आबद्ध भएको घरेलु कार्यालयको तथ्याङ्कले देखाएको छ ।

विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा जिल्लामा ९७० उद्योग थपिएका थिए । आर्थिक वर्ष ०७४/०७५ मा २७६, ०७५/०७६ मा ४६८ र ०७६/०७७ मा ६६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ४७ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले