पाकिस्तानको खैबर पख्तुनख्वामा पछिल्लो १५ वर्षमा १ हजार ७२ प्रहरी मारिए « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा पछिल्लो १५ वर्षमा १ हजार ७२ प्रहरी मारिए


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो १५ वर्षमा १ हजार ७२ जना प्रहरी मारिएको तथ्यांक सार्वजनिक भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा रहेका १ हजार ४ सय ८० प्रहरी तैनाथ रहेकोमा पछिल्लो १५ वर्षमा १ हजार ७२ जना जवान मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

यससँगै हाल उक्त प्रान्तमा केबल ४०८ प्रहरीमात्रै बाँकी रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरु आत्मघाती बम आक्रमण, बम विष्फोट, लक्षित आक्रमण, हत्या, सांघातिक हमलाजस्ता आक्रमणमा मारिएको जनाइएको छ ।

यसबाहेक उक्त प्रान्तमा सन् १९७० देखि सन् २००६ को अन्त्यसम्म ३६ वर्षको समयावधिमा कूल ३८९ पाकिस्तानी सैनिक पनि मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

मारिनेमा २३८ जना हवल्दार, २८ जना वरिष्ठ हवल्दार, ५८ जना सहायक उपरीक्षक, ३७ जना उपरीक्षक र दुई जना प्रहरी निरीक्षक रहेका छन् ।

यसबाहेक प्रहरीका दुईजना डीएसपी, एकजना एएसपी, एकजना एसपी र एकजना डीआईजी पनि प्रान्तमा भएका विभिन्न घटनाहरुमा मारिएको जनाइएको छ ।

सन् २००७ यता खैबर पख्तुनख्वामा प्रहरीलाई लक्षित गरी आक्रमणहरुको क्रम बढ्न थालेको जनाइएको छ ।

सन् २००७ को सुरुवातमा प्रान्तको किस्सा ख्वनीमा रहेको कसिम अली खान मस्जिद नजिकै आत्मघाती आक्रमण हुँदा प्रान्तीय राजधानीका प्रहरी प्रमुख मालिक मोहम्मद सादसहित धेरै प्रहरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ४४ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको