चीनको घरजग्गा बजारमा संकट : एसियाकी सर्वाधिक धनाढ्य महिलाको सम्पत्ति आधा घट्यो « Khabarhub

चीनको घरजग्गा बजारमा संकट : एसियाकी सर्वाधिक धनाढ्य महिलाको सम्पत्ति आधा घट्यो


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी आर्थिक दुरावस्थाका कारण एसियाकै सबैभन्दा धनी महिलाले पछिल्लो एक वर्षमा आफ्नो आधा सम्पत्ति गुमाएकी छिन् ।

बिलेनियर इन्डेक्सलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार एसियाकै धनाढ्य महिला याङ हुयियानको सम्पत्ति ५२ प्रतिशतले घटेर ११ अर्ब ३० करोड अमेरिकी डलरमा सीमित भएको छ ।

यसअघि अघिल्लो वर्ष उनको सम्पत्ति २३ अर्ब ७० करोड रहेको ब्लुमबर्ग बिजनेस इन्डेक्सले जनाएको छ । उनी चिनियाँ घरजग्गा कम्पनी कन्ट्री गार्डेनमा बहुमत शेयरधनी रहेको जनाइएको छ ।

उक्त कम्पनीका संस्थापक याङ गुओचियाङकी छोरी समेत रहेकी उनले अधिकांश सम्पत्ति आफ्नो बुवाबाट प्राप्त गरेको द गार्जियनले जनाएको छ ।

पछिल्लो समय चीनमा घरजग्गाको क्षेत्रमा ठूलो वित्तीय समस्या पैदा भएको छ । यसकारण त्यहाँको महत्वपूर्ण घरजग्गा कम्पनी एभरग्राण्ड ऋणमा डुबेको छ भने अरु कम्पनीहरु पनि समस्यामा रहेको जनाइएको छ ।

चिनियाँ घर जग्गा बजारमा देखिएको वित्तीय समस्याले मुलुकका अन्य क्षेत्रलाई पनि प्रभावित बनाउने चिन्ता उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : २२ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको