कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे « Khabarhub

कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । १९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरूलाई सक्रिय ढङ्गबाट जनताको कामकाज गर्न निर्देशन दिए।

उनले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिए।

“हामी राजनीतिज्ञले जनताको मतबाट पाएको मान सम्मान प्रतिष्ठा र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन”, उनले भने, “जनताप्रति उत्तरदायी भएर काम गर्न सके जनताले सरकारको अनुभूति गर्न सक्छन्, कर्मचारीमाथि भरोसा बढ्दै जान्छ ।”

मुलुकमा विभिन्न व्यवस्था परिवर्तनको चरणमा जनप्रतिनिधिको अभावमा पनि कर्मचारीहरुले प्रशासनिक सेवा, पूर्वाधार विकासदेखि जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सिफारिसका कामलगायत सम्हालेको बताउँदै अब कर्मचारीले दिने सेवामा परिष्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द निरौलाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा निजामती सेवा दिवसका अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी हुने कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : २३ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु