चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो « Khabarhub

चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।

पछिल्लो विवरण अनुसार गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको छ भने १४ जना बेपत्ता भएका छन् । सो क्षेत्रमा अरु १७० जना घाइते भएका बताइएको छ । यान सहरमा ३४ जनाको मृत्यु भएको छ भने अरु १२ जना बेपत्ता भएका छन् ।

उक्त सहरमा अन्य ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । सिचुआन प्रान्तको प्रान्तीय राजधानी चेङ्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ ।

त्यसको नजिकैको सहर चोङचिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् । भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो भूकम्पको केन्द्रविन्दु जमिनी सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्प ६.८ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ ।

भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अन्य सहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिन्पिङले सोमबार गएकोे भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिएका छन् ।

उनले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : ४८ बजे

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,