राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मंगलबार सम्पन्न छैटौँ बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।

राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए।

अध्यक्ष तिमिल्सिनासँगै एमाले पर्वतले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईं, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदम गिरी र संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समिति पर्वतका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिस गरी पठाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ३८ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन