राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मंगलबार सम्पन्न छैटौँ बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।

राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए।

अध्यक्ष तिमिल्सिनासँगै एमाले पर्वतले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईं, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदम गिरी र संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समिति पर्वतका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिस गरी पठाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ३८ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले