आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताएका हुन्। उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए।

देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए। अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने धारणा राखे।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयोग गर्दै आवश्यकता अनुसार चुनावी प्रचार प्रसारमा जुट्न आग्रह गरे । उनले आफैँ सक्षम भए कसैले अघि बढ्न रोक्न नसक्ने धारणा राखे।

कार्यक्रममा कांग्रेसका महिला नेतृहरूले आगामी निर्वाचनमा समान सहभागिताको सुनिश्चित गर्न नेतृत्वसमक्ष आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : ५९ बजे

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक– संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका

आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन्

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने

नयाँ दिल्ली – सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा