देउडामय बन्यो डडेल्धुरा सदरमुकाम | Khabarhub Khabarhub

देउडामय बन्यो डडेल्धुरा सदरमुकाम


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचो छ । स्थानीय गाउँमा गौरा पर्वको समापन भएसँगै जिल्ला सदरमुकाम बागबजारमा गौरा महोत्सवको आयोजना गरिएको हो ।

मङ्गलबारदेखि राष्ट्रिय गौरा महोत्सव, २०७९ सुरु भएसँगै जिल्ला सदरमुकाम बागबजार र तोफानडाँडा क्षेत्र देउडामय बनेको हो । स्थानीय संस्कृतिको जगेर्ना र पहिचान गर्न सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा महोत्सवको आयोजना गरिएको गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले जानकारी दिए ।

मङ्गलबार दिउँसोदेखि सुरुआत भएको गौरा महोत्सवमा जुम्ला, कालीकोट, बैतडीका देउडियासमेत सहभागी छन् । गौरा, महेश्वरलाई फाग गाउँदै महिलाले बसपार्कमा बालो नाच प्रदर्शन गरिरहेका छन् भने पुरुष तथा अन्य महिला देउडामा झुमिरहेका छन् ।

महोत्सवमा सुदूरपश्चिमका नौवटै जिल्लासहित कर्णालीको कालीकोट जिल्लाबाट समेत डेउडिया कलाकारको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा गौरानाच, बालो नाच, चैत, धुमारी, फाग, भुइँचम्फा, हुड्केली, महिला तथा पुरुष डेउडाजस्ता यहाँका कलासंस्कृति समेटिने गरी सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महोत्वसमा डेउडा खेल खेल्ने डेउडियालाई खादा प्रमाणपत्रसहित नगद पुरस्कारले सम्मान गरिने छ ।

धर्म संस्कृतिको जगेर्ना तथा स्थानीय कला संस्कृतिको सम्मान र युवापुस्तामा परम्परा हस्तान्तरण होस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष भट्टले बताए । चार दिनसम्म आयोजना हुने महोत्सवमा युवादेखि बूढापाका देउडा खेलमै रमाउने गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : १० बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक