बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति « Khabarhub

बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खजुरा – चार दिनदेखिको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको छवटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा पूर्णरुपमा क्षति पुगेको छ भने हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्षरुपमा प्रभावित भएको गाउँपालिका विपत् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।

उनका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका हुन् । छवटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको छ ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा नंं ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तु उपलब्ध गराउन जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्षले शाहले भने, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले यहाँका स्थानीयलाई प्रभावित बनाएको छ ।”

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको भन्दै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका खेतीबाली सखाप पारेको बताए । वडा नं ३ का अध्यक्ष अजय मिश्रले घरमा रहेका सबै सामान भिजेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै बाढी पीडितका लागि खानाको समस्या भएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ३५ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम