बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति « Khabarhub

बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खजुरा – चार दिनदेखिको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको छवटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा पूर्णरुपमा क्षति पुगेको छ भने हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्षरुपमा प्रभावित भएको गाउँपालिका विपत् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।

उनका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका हुन् । छवटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको छ ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा नंं ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तु उपलब्ध गराउन जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्षले शाहले भने, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले यहाँका स्थानीयलाई प्रभावित बनाएको छ ।”

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको भन्दै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका खेतीबाली सखाप पारेको बताए । वडा नं ३ का अध्यक्ष अजय मिश्रले घरमा रहेका सबै सामान भिजेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै बाढी पीडितका लागि खानाको समस्या भएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ३५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा