भारत र पाकिस्तानले रोचक बन्यो सेमिफाइनल समीकरण « Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

भारत र पाकिस्तानले रोचक बन्यो सेमिफाइनल समीकरण

फाइनलमा फेरि उद्घाटनजस्तै खेल दोहोरिने सम्भावना कति ?


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिकेट रहस्यमय र अनुमान गर्नै नसकिने खेल भनेर भन्ने गरिन्छ। किनकि खेल अवधिभर कसले खेल जित्छ? कसले हार्छ अनुमान गरेर पनि त्यो गलत साबित भइदिन सक्छ। अष्ट्रेलियामा चलिरहेको टी–ट्वान्टी विश्वकप क्रिकेटमा अहिले त्यस्तै भइरहेको छ।

आयोजक अष्ट्रेलिया आफैँ समूह चरणबाटै बाहिरियो। समान अंक भए पनि नेट रनरेट माइनस भएका कारण अष्ट्रेलिया सेमिफाइनल पुग्नै सकेन। राम्रो रनरेट बनाएका कारण न्युजिल्याण्ड र इंग्ल्याण्ड भाग्यमानी साबित भए।

तर यसपटक विश्वकपलाई रोचक बनाउने काम समूह २ ले बनायो। जहाँ भारत र पाकिस्तानसँगै दक्षिण अफ्रिका पनि थियो। यो समूहको खेल सुरुदेखि नै रोचक बन्यो। विश्व क्रिकेटमै सबैभन्दा ठूलो प्रतिष्पर्धाका रुपमा भारत र पाकिस्तानको खेलमा हुने गर्छ।

किनकि यी दुई देश आइसीसीले आयोजना गर्ने खेल मात्रै खेल्ने गर्छन्। बाँकी कुनै पनि क्रिकेट श्रृङ्खला यी देशबीच निरन्तर हुन सक्दैन। त्यसबाहेक एसिया कपमा पनि यी टिम खेल्ने गर्छन्। यसपटक अष्ट्रेलियामा पहिलो खेल नै भारत र पाकिस्तानबीच भयो।

जुन खेलले विश्वको ध्यान तान्यो। झण्डै हारिसकेको लाग्ने खेलमा भारतका विराट कोहलीले अविश्वसनीय प्रदर्शन गर्दै टिमलाई जिताए। आफूले जिते। भारतलाई जिताए। समग्रमा विश्व क्रिकेटमा उनले आफ्नो क्षमतामाथि नै जित हासिल गरे।

पछिल्लो तीन वर्ष यता फर्ममा नरहेको आरोप खेपिरहेका उनले यही खेलमार्फत आफू क्रिकेटको राजा भएको प्रमाणित गरे। उनलाई अब्बल ब्याटिङ क्षमताकै कारण ‘किङकोहली’ भनेर चिन्ने गरिन्छ। यो समय फेरि फर्किएको छ।

भारत र पाकिस्तान दुवै टोली सेमिफाइनल पुगेका छन्। समूह २ का अन्तिम चरणका खेल नाटकीय रुपमा सम्पन्न हुँदा पाकिस्तान सेमिफाइनल पुग्ने अवसर पायो। जहाँ सम्भावना निकै कम भएको अवस्थामा क्रिकेटकै अभागी टिम मानिने दक्षिण अफ्रिका कमजोर मानिएको नेदरल्याण्डस्सँग हारेर घर फर्कियो।

भारतलाई हराएको दक्षिण अफ्रिका पाकिस्तानपछि नेदरल्याण्डस्सँग पनि हारेपछि सेमिफाइनल पुग्नबाट वञ्चित भएर घर फर्किएको हो। दक्षिण अफ्रिका हारेको मौका उठाएर पाकिस्तानले अन्तिम खेलमा बंगलादेशलाई हराउँदै भारतसँगै सेमिफाइनल पुग्न सफल भयो।

भारतीय टिममा ब्याटर र बलर सबै फर्ममा छन्। पाकिस्तानी टिम पनि आफूलाई सुधार गर्दै सेमिफाइनल पुगेको छ। यस्तो अवस्थामा दुवै युरोपेली टिमलाई सेमिफाइनलमा हराएर एसियाली टिमले नै फाइनल खेलेर विश्वकप जित्ने अवसर भारत र पाकिस्तानलाई छ।

सुरुवाती खेलका नतिजा हेर्दा यो समूहबाट भारत र दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने सम्भावना बलियो थियो। तर अन्तिम दिनको खेलले पुरै सेमिफाइनल समीकरण नै बदलियो। भारत, इंग्ल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तान सेमिफाइनल पुग्दा यो रोचक समीकरण बनेको छ।

अब सेमिफाइनलमा भारतले इंग्ल्याण्डसँग र पाकिस्तानले न्युजिल्याण्डसँग खेल्नेछ। यदि भारत र पाकिस्तानले सेमिफाइनलमा जित निकालेर फाइनल पुगेमा इतिहासमै यो विश्वकप रोचक हुनेछ। जसरी यसको उद्घाटन खेल रोचक मानिएको थियो।

यो सम्भावना पनि प्रवल देखिन्छ। किनकि पाकिस्तान घाइते बाघ भएर सेमिफाइनल प्रवेश गरेको छ भने समूह चरणका खेलमा अब्बल प्रदर्शन गरेको भारत पनि प्रतियोगिताकै सबैभन्दा बलियो टिमका रुपमा देखिएको छ।

भारतीय टिममा ब्याटर र बलर सबै फर्ममा छन्। पाकिस्तानी टिम पनि आफूलाई सुधार गर्दै सेमिफाइनल पुगेको छ। यस्तो अवस्थामा दुवै युरोपेली टिमलाई सेमिफाइनलमा हराएर एसियाली टिमले नै फाइनल खेलेर विश्वकप जित्ने अवसर भारत र पाकिस्तानलाई छ।

जसले विश्व क्रिकेटलाई एकपटक फेरि रोमाञ्चित बनाउने अपेक्षा आम क्रिकेटप्रेमीमा छ। तर यसका लागि सेमिफाइनलका दुवै खेल हेर्नैपर्नेछ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ५६ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा