निर्वाचनमा गठबन्धन गर्नु हाम्रो बाध्यता हो : अध्यक्ष ठाकुर « Khabarhub

निर्वाचनमा गठबन्धन गर्नु हाम्रो बाध्यता हो : अध्यक्ष ठाकुर


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलार्ई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको बताए । उनले भने, “ जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ । त्यसैले गठबन्धन लोसपाको बाध्यता हो।”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक अधिकार दिलाउन लोसपा सक्षम रहेको उनले बताए । घोषणापत्रमासमेत मधेस र मधेसीलाई नागरिकतादेखि संविधानसम्म हकअधिकारको प्रत्याभुति, शिक्षा, स्वास्थ्य, कृषि, लोकतन्त्रको रक्षा, पहिचानसहितको सङ्घीयता, संसदीय व्यवस्थाको निरन्तरता, राष्ट्र हितमा ठोस र व्यावहारिक विदेश नीतिको निर्माण, सुशासन, सदाचार भ्रष्टाचारमुक्त समाज निर्माण, महिला सशक्तीकरण, युवा सशक्तीकरणलगायतका विषयलाई समावेश गरिएको छ ।

सो कार्यक्रममा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : २४ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ