प्रवासी नेपालीको सम्मानमा एनआरएनएको चियापान « Khabarhub

प्रवासी नेपालीको सम्मानमा एनआरएनएको चियापान


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एमाले निकट प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीको सम्मानमा चियापान गरेको छ। सोमबार बालुवाटारस्थित सचिवालयमा संघका कार्यकारी अध्यक्ष रवीना थापा र अर्का अध्यक्ष डा. बद्री केसीले चियापान गरेका हुन्।

प्रवासी नेपाली मञ्च एमालेको प्रवास विभाग संगठन हो। आइतबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी सञ्जय थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। एनआरएनए विशुद्ध गैरराजनीतिक संस्था हो। विधानअनुसार राजनीतिक पार्टीको पदमा रहेका व्यक्ति संस्थाको पदाधिकारी हुन पाउँदैनन्। उसको विधानमा राजनीतिसँग सम्बन्धित गतिविधिलाई प्रचार–प्रसार तथा सर–सहयोग गर्न नपाइने उल्लेख छ।

सचिवालयमै पार्टीका कार्यकर्तालाई बोलाएर चिया खुवाउन लागेको कुरा एनआरएनएकै कतिपय प्रतिनिधिलाई भने मन परेको छैन। यो विषयले अध्यक्षद्धय थापा र डा.केसी विवादमा तानिने सम्भावना बढेको छ। ‘अहिलेसम्म यसरी राजनीतिक पार्टीका कार्यकर्ता बोलाएर सम्मान गरिएको थिएन। अहिले त अनौठा र अस्वभनिय गतिविधि देख्न थालियो,’ आइसीसीका एक सचिव भन्छन्, ‘विधानविपरीत हुने यस्ता हर्कतविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ।’

‘गैरराजनीतिक संस्था भन्ने, सचिवालयमै बोलाएर चियापान गर्ने ? सबैको प्यारो बन्न यसो गर्न खोजेको त होइन ? ,‘एक आइसीसी सदस्यको भनाइ छ, ‘भेटघाट गर्ने मन नै भए छुट्टै किसिमले गरे हुन्छ नि ! किन सचिवालयमै भेला गर्नु ? सचिवालय राजनीति गर्ने थलो होइन।’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ०२ बजे

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले