सर्पको डसाइबाट भारतमा वर्षमा ६४ हजारको मृत्यु « Khabarhub

सर्पको डसाइबाट भारतमा वर्षमा ६४ हजारको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ।

भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ।

भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो। विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ। भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ।

भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुने गरेको छ। यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुसन्धानले देखाएको छ।

त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ। भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो। त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो।

संसारमा प्रति एक लाख जनामा ०.८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ। भारतको तुलनामा यो निकै थोरै हो। यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ३४ बजे

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले