रूपन्देहीका स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम « Khabarhub

रूपन्देहीका स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । रुपन्देहीको १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्तालाई १६ वटै पालिकाका अनुगमन अधिकृतहरूले तालिम दिइरहेका छन् । तालिम लिएर उनीहरूलाई निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन वडा स्तरमा पठाइएको छ ।

उनीहरूले नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचारसहिंता, मतपत्रमा छाप लगाउने सही तरिका, मतदान बदर हुनसक्ने अवस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित शिक्षा दिनेछन् ।

सहजकर्ताले नागरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजिकरण गर्नेछन् । ४ वटा मतपत्रमा ४ वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई यो शिक्षाले सहजता प्रदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

रूपन्देहीमा २०८ वटा मतदान स्थलबाट निर्वाचन हुँदै छ, जसमा ७०२ वटा मतदान केन्द्र छन् । रूपन्देहीको हकमा प्रत्यक्ष तर्फको मतपत्रबाहेक सबै निर्वाचन सामग्रीहरू आइसकेको छ । अब यसलाई आवश्यकताअनुसार बाँडफाँड गर्ने र पठाउनुभन्दा अगाडिको अवस्थासम्मको लागि तयारी अवस्थामा राख्न कार्यालय लागेको छ ।  

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ४६ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा