रूपन्देहीका स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम « Khabarhub

रूपन्देहीका स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । रुपन्देहीको १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्तालाई १६ वटै पालिकाका अनुगमन अधिकृतहरूले तालिम दिइरहेका छन् । तालिम लिएर उनीहरूलाई निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन वडा स्तरमा पठाइएको छ ।

उनीहरूले नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचारसहिंता, मतपत्रमा छाप लगाउने सही तरिका, मतदान बदर हुनसक्ने अवस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित शिक्षा दिनेछन् ।

सहजकर्ताले नागरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजिकरण गर्नेछन् । ४ वटा मतपत्रमा ४ वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई यो शिक्षाले सहजता प्रदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

रूपन्देहीमा २०८ वटा मतदान स्थलबाट निर्वाचन हुँदै छ, जसमा ७०२ वटा मतदान केन्द्र छन् । रूपन्देहीको हकमा प्रत्यक्ष तर्फको मतपत्रबाहेक सबै निर्वाचन सामग्रीहरू आइसकेको छ । अब यसलाई आवश्यकताअनुसार बाँडफाँड गर्ने र पठाउनुभन्दा अगाडिको अवस्थासम्मको लागि तयारी अवस्थामा राख्न कार्यालय लागेको छ ।  

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ४६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।