प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको  खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे भने शेर मल्लले अविजित ३४ रन बनायो । राजु रिजालले अविजित २४ रन बनाए भने टेक रावलले १८ रन बनाए ।

कर्णालीका रवीन्द्र शाहीले ३ तथा दिवन पुनले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर एक बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए । हिमान्सु शाही १२ रनमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट तथा गजेन्द्र बोहराले दुई विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको यो सान्त्वना जित हो । समूह एकको सुदूरपश्चिमले चार खेलमा दुई अंक जोडेको छ । यता कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली तीन खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : २२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा