निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा « Khabarhub

निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् ।

ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित हुने उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवारसमेत रहेका डा श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अभियानका क्रममा मध्य पहाडीको बागलुङभन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताएका छन् । 

प्रचारप्रसार अभियान वाम लोकतान्त्रिक पक्षका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्बुजाले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताए ।

पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने बताए ।  प्रदेशसभा ९२० मा गठबन्धनका उम्मेदवार रेशमबहादुर जुग्जालीले धवलागिरि गाउँपालिकालाई जलविद्युत् र जडीबुटीको माध्यमबाट समृद्ध गराउने योजना सुनाए। यसैगरी नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको समग्र विकासका लागि जलविद्युत्, पर्यटन र सडक आफ्नो प्राथमिकताका ‘एजेन्डा’हरु रहेका बताउँदै बेनी–जोमसोम-उपल्लो मुस्ताङसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्नाका साथै कोरलानाका खुलाएर दुई देशीय व्यापार प्रवर्द्धन गर्न सक्ने हो भने मात्र जिल्लाको समृद्धिको सपना पूरा हुने बताए ।

एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१) का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताए । यसैगरी मङ्गला गाउँपालिका-२, बाबियाचौरमा प्रदेशसभा ९२० का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताए ।

म्याग्दीमा प्रतिनिधि र प्रदेशसभाका तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (१)(२) मा पाँच/पाँचजना उम्मेदवार छन् । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । 

गत स्थानीयतह निर्वाचनमा एमालेले चारवटा पालिकाप्रमुख, तीनउपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (१)मा ४८ हजार चार सय ७२, प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार ६ सय ४८ गरी ८६ हजार एक सय २० जना मतदाता छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १३ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा