क्रिकेटर करण पुलिसमा आबद्ध « Khabarhub

क्रिकेटर करण पुलिसमा आबद्ध


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के.सी. नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

२६ पुसमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी-२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध भएका हुन् ।

हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी, कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगायतका खेलाडी अनुबन्ध छन् ।

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी-२० फर्म्याटमा हुन लागेको छ ।

नेपाली टिमले ओमानमा हुने आईसीसी टी-ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता टी-२० फर्म्याटमा गरेको हो ।

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु