अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी « Khabarhub

अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् ।

ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८।५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७।९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।

ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।

यो वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा १२ अर्ब डलर बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने २।०७ अर्ब डलर गिरावट आएको छ ।

कमोडिटी बिजनेसबाट प्रवेश गरेका अडानी
व्यवसायको दुनियाँमा गौतम अडानीले कमोडिटी बिजनेसबाट प्रवेश गरेका थिए । अहिले उनको बिजनेस पोर्ट्स, माइन्स, ग्रिन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ ।

उनका केही कम्पनीको सेयरमा पछिल्ला दुई वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला तीन वर्षमा भारतका सात विमानस्थलको परिचालन उनको हातमा परेको थियो । उनको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।

२०२० को पूर्वाद्र्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको सेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो ।

साथै, बेन्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका सेयरमा तीव्र गिरावट आउँदा पनि अडानी ग्रिन र अडानी टोटल ग्यासको सेयरमा भारी वृद्धि भएको थियो ।

उता, फेसबुक (अहिले मेटा प्लेटफम्र्स)का सीईओ मार्क जुकरबर्ग धनीको सूचीबाट तल ओर्लेर १३औं नम्बरमा खुम्चिएका छन् । सोमबार उनको नेटवर्थमा ४।३७ अर्ब डलर गिरावट आयो । अब उनको नेटवर्थ ८५।० अर्ब डलरमा खुम्चिन पुगेको छ ।

यो सूचीमा टेस्लाका सीईओ एलन मस्क २३५ अर्ब डलरसहित पहिलो नम्बरमै टिक्न सफल छन् । अमेजोनका जेफ बेजोस दोस्रो र फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नोल्ट तेस्रो अनि माइक्रोसफ्टका बिल गेट्स चौथो नम्बरमा छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ४५ बजे

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी