एभर्टनमाथि टोटनहमको सानदार जित « Khabarhub

एभर्टनमाथि टोटनहमको सानदार जित


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ। जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ।

१४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे। ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३-० अग्रता लिएको थियो।

४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो। ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो।

टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ। जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो। पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ।

लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन्। २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ। जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९ औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो।

एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ। शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौथो स्थानमा उक्लिनेछ। एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : १५ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय