इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने प्रगतिशील गठबन्धनको दाबी « Khabarhub

इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने प्रगतिशील गठबन्धनको दाबी


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दाबी गरेको छ ।

गठबन्धनले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार डा सुरज लामिछानेले इन्जिनियर समाजमा नै रहेकाले इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने बताए।

उनले इन्जिनियर र समाजको समन्वय मिलाइने बताए। उनले अहिले इन्जिनियर पढे पनि न्यूनतम तलबमा काम गर्नु परेको भन्दै इन्जिनियरलाई कम्तीमा अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताए । उनले हरेक एक जना सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई सहयोगको रुपमा राख्दा एक हजारलाई रोजगार दिन सकिने तर्क गरे।

अध्यक्षका प्रत्यासी डा लामिछानेको समूह विभिन्न ३३ बुँदे एजेण्डासहित निर्वाचनमा होमिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : १० बजे

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवा– आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन

महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि