नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता « Khabarhub

नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ─ तनहुँको म्याग्दे गाउँपालिकाले पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो ।

मंगलबार गाउँपालिकाले जामुनेमा भएको अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । उनीहरू दशैँयता गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । दशैँ अगाडि सुत्केरी भएकालाई पोषण भत्ता दशैँको बेलामा वितरण गरिएको थियो ।

नारी दिवसको दिन सुरक्षित तरिकाले आमा बनेकोलाई सम्मान गर्दै सुत्केरी पोषण भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ गत आर्थिक वर्षदेखि म्याग्देमा सुरु भएको हो । मातृ शिशु मृत्युदर कम गराउनलाई यो कार्यक्रम सुरु गरेको अध्यक्ष रानाको भनाइ छ ।

‘गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाहरूको ज्यान जाने खतरा हुन्छ । त्यसैले पोहोरबाट सुत्केरीसँग अध्यक्ष कार्यक्रम सुरु गरेका छौँ । कार्यक्रमबाट पोषण भत्ता वितरण गर्न थालेपछि गाउँपालिकाको स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुनलाई आउनेको संख्या बढेको छ’, उनले भनिन् ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । ‘घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गरेको छ’, उनले भने । घिमिरेका अनुसार गाउँपालिकाले दिने तीन हजार रुपैयाँ पोषण भत्ता लिनलाई गर्भवतीले कम्तिमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनपर्छ । उनका अनुसार म्याग्दे बाहिर गएर सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पनि सुविधा दिइँदैन् ।

कार्यक्रम सुरु भएपछि १७९ जनालाई संस्थागत सुत्केरी सेवा दिएको उनले जानकारी दिए । संस्थागत सुत्केरी बढाउन भूमिका खेल्न महिला स्वयंमसेविकालाई समेत गाउँपालिकाले सम्मान गरेको छ ।

म्याग्दे गाउँपालिकाले नारी दिवसको दिनमा असल बुहारी सम्मान पनि गरेको छ । अशक्त सासु ससुराको स्याहार गर्ने तीन उत्कृष्ट बुहारीलाई  गाउँपालिकाले ‘असल बुहारी’ सम्मान गरेको हो ।

म्याग्दे–७ कि नन्दुमाया थापा र उमा सेन, म्याग्दे–४ कि चन्द्रकुमारी कुमाललाई असल बुहारी सम्मान गरिएको हो ।  यी तिनै जनाले अशक्त सासु ससुरालाई वर्षौदेखि स्याहारसुसार गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ३८ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।