आईपीएल : लखनउसँग दिल्ली पराजित « Khabarhub

आईपीएल : लखनउसँग दिल्ली पराजित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ।

सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान केएल राहुलले २४ रन बनाए। कुर्नाल पान्डयले १९ रन बनाउँदा दीपक होडाले ११ रन जोडे। दिल्लीका कुलदिप यादवले २ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ बनाए। ऋषव पन्तले ३९ रन बनाउँदा सर्फराज खानले अविजित ३६ रन जोडे। लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट हात पारे।

यो जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ। लखनउ तालिकाको दोस्रो स्थानमा पुगेको छ। दिल्ली ३ खेलमा २ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ५६ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको