आईपीएल : लखनउसँग दिल्ली पराजित « Khabarhub

आईपीएल : लखनउसँग दिल्ली पराजित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ।

सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान केएल राहुलले २४ रन बनाए। कुर्नाल पान्डयले १९ रन बनाउँदा दीपक होडाले ११ रन जोडे। दिल्लीका कुलदिप यादवले २ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ बनाए। ऋषव पन्तले ३९ रन बनाउँदा सर्फराज खानले अविजित ३६ रन जोडे। लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट हात पारे।

यो जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ। लखनउ तालिकाको दोस्रो स्थानमा पुगेको छ। दिल्ली ३ खेलमा २ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ५६ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन