धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि « Khabarhub

धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको लजिस्टिक कम्पनी डीएचएलद्वारा सञ्चालित बोइङ ७५७ कार्गो विमान धावनमार्गमा चिप्लिएपछि दुई टुक्रा भएको छ ।

मध्य अमेरिकी मुलुक कोष्टा रिकाको राजधानी सान होजेस्थित हुआँ सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्ने क्रममा विमानमा हाइड्रोलिक समस्या आएपश्चात धावनमार्गबाट चिप्लिएको हो ।

ग्वाटेमालाका लागि उडेको विमानमा समस्या देखिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आकस्मिक अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतर्फ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय ला नेसियन समाचारपत्रले सार्वजनिक गरेको तस्वीरमा पहेँलो रङ्ग पोतिएको विमान दुई टुक्रा भएको देखिन्छ । दुर्घटनाका क्रममा यस विमानमा सवार कसैलाई केही नभएपनि एकजनाको स्वास्थ्य परीक्षण भइरहेको डीएचएल कम्पनीले जनाएको छ ।

कम्पनीले दुर्घटनाको ठोस कारण पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको जनाइएको छ । दुर्घटनाका अनुसन्धानका लागि कम्पनीले स्थानीय अधिकारीसँग सहकार्य गर्ने बोइङले जनाएको छ ।

दुर्घटनाका कारण केहीबेर विमानस्थलको गतिविधि रोकिँदा ८ हजार ५ सय यात्रु र ५७ व्यावसायिक उडान प्रभावित भएको विमानस्थल सञ्चालक कम्पनी एरिसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : २२ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व