गण्डकी सरकारको नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारा « Khabarhub

गण्डकी सरकारको नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारा


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए ।

नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ–गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ । प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेलमैदान तथा रङ्गशालाको आवश्यकतानुसार सार्वजनिक–निजी साझेदारी नमुना निर्माण तथा स्तरोन्नति गरिने उल्लेख छ ।

पोखरा रङ्गशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने गरी कार्यक्रम अघि बढाइने प्रदेश प्रमुख गुरुङले बताए। पोखरा रङ्गशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रममा जोड दिइएको छ ।

खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने सरकारको योजना छ । गण्डकीमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, भिँडाबारीमा एन्फा प्राविधिक केन्द्र निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ४१ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको