विङ्गर दुर्घटना हुँदा वृद्धाको मृत्यु,१० जना घाइते « Khabarhub

विङ्गर दुर्घटना हुँदा वृद्धाको मृत्यु,१० जना घाइते


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको रूपनी गाउँपालिका–५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३–००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज–रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो । विङ्गर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका–१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी–२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् ।

जिल्लाकै शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर–११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिराहाको कर्जनहा नगरपालिका–८ का ३६ वर्षीय ओमनारायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटनामा परी घाइते भएका छन् । घाइतेहरूको पनि गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ८ : ०१ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न