फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए « Khabarhub

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं नै फर्किएका छन् ।

काठमाडौं महानगरपालिकाका अनुसार करिब डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो ।

आज ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएर फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेको थियो। स्थानीयवासीले अवरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको थियो ।

फोहोर विसर्जनका लागि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको पीडितहरुले बताएका छन् । प्रहरीले बुधबार बिहानैदेखि माइकिङ गर्दै सडक अवरोध नगर्न स्थानीयलाई आग्रह गरेको थियो ।

पीडितहरुले पनि प्रहरीलाई आफूहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न भन्दै माइकिङ गरेका थिए । त्यही बेला प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउन खोज्दा अश्रु ग्यास प्रहार भएको थियो ।

काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक ९करिब १२ सय मेट्रिक टन० फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा फोहोर विसर्जन हुन नसक्दा लामो समयदेखी काठमाडौंको सडकमा फोहोरको चाङ लागेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : १३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको