तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढ्न थाले « Khabarhub

तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढ्न थाले


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्षको अगस्त महिनायता अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकोमा त्यसको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लङ्घनको सूची लामो रहेको र यो बढ्दै गएको एचआरडब्लूले बताएको हो ।

महिलाहरूलाई घरबाहिरका काममा र किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको आलोचना गर्दै एचआरडब्लूले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काइएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भएको जनाएको छ ।

तालिबानले सत्ता कब्जापछि महिला र किशोरीहरूमाथि गरेका दुव्र्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूले निन्दा गर्दै वक्तव्य निकाले पनि महिला र बालिकाहरूको अधिकार रक्षा तालिबानका दुव्र्यवहार अन्त्य गर्न दबाब नदिएको उक्त संस्थाले बताएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : २५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र